Kathmandu Press

बागमती प्रदेशमा खस्यो ३३० मत 

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार स्थानीय तहतर्फ दुई सय ३७ मतदातामध्ये २२९ जनाले मत खसालेका छन्।
बागमती प्रदेशमा खस्यो ३३० मत 
हेटौँडास्थित भुटनदेवी विद्यालयमा मतदान गर्दै बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ। तस्बिर : मणिराज गौतम/रासस

काठमाडौं, माघ ११ : राष्ट्रियसभा सदस्यको निर्वाचनमा वागमती प्रदेशमा अहिलेसम्म तीन सय ३० मत खसेको छ। 
वागमती प्रदेशको चार पदका मतदान भइरहेको छ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार स्थानीय तहतर्फ दुई सय ३७ मतदातामध्ये २२९ जनाले मत खसालेका छन्।

प्रदेशसभाका एक सय १० मध्ये एक सय एक जनाले मतदान गरेका छन्। मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको छ। कुल १९ पदका भइरहेको निर्वाचन अन्तर्गत प्रत्येक प्रदेशमा मतदान भइरहेके छ। 
 

प्रकाशित मिति: १३:४० बजे, बिहीबार, माघ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्