बागमती प्रदेशमा खस्यो ३३० मत
प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार स्थानीय तहतर्फ दुई सय ३७ मतदातामध्ये २२९ जनाले मत खसालेका छन्।
काठमाडौं, माघ ११ : राष्ट्रियसभा सदस्यको निर्वाचनमा वागमती प्रदेशमा अहिलेसम्म तीन सय ३० मत खसेको छ।
वागमती प्रदेशको चार पदका मतदान भइरहेको छ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार स्थानीय तहतर्फ दुई सय ३७ मतदातामध्ये २२९ जनाले मत खसालेका छन्।
प्रदेशसभाका एक सय १० मध्ये एक सय एक जनाले मतदान गरेका छन्। मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको छ। कुल १९ पदका भइरहेको निर्वाचन अन्तर्गत प्रत्येक प्रदेशमा मतदान भइरहेके छ।
प्रकाशित मिति: १३:४० बजे, बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)