Kathmandu Press

अविनको कार्टुन संग्रह भाग-२ सार्वजनिक 

काठमाडौं, फागुन २९ :  वरिष्ठ कार्टुनिष्ट अविन श्रेष्ठको कार्टुन संग्रह भाग-२ सार्वजनिक भएको छ।

बिहीबार काठमाडाैंमा आयोजित एक ....

अविनको कार्टुन संग्रह भाग-२ सार्वजनिक 

काठमाडौं, फागुन २९ :  वरिष्ठ कार्टुनिष्ट अविन श्रेष्ठको कार्टुन संग्रह भाग-२ सार्वजनिक भएको छ।

बिहीबार काठमाडाैंमा आयोजित एक समारोहकाबीच अविनको  कार्टुन संग्रह भाग-२ पुस्तक सार्वजनिक गरिएको हो। 

Hardik ivf

वरिष्ठ पत्रकारहरुको जमघट रहेको कार्यक्रममा कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले उनको स्पष्ट र परिष्कृत कार्यशैलीलाई खुलेर प्रशंसा गरेका थिए।

वरिष्ठ पत्रकार किशोर नेपालले कार्टुन हेर्दा सरल लागेपनि काम जटिल भएको बताए। उनले अविनको कार्टुन हेरेर हरेक दिनको सुरुवात गर्न सकियोस् भन्ने शुभेच्छा प्रकट गरे।

कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरे पुस्तक भावी पुस्ताका लागि एउटा इतिहासका रुपमा सुरक्षित भएको बताए। पत्रकारिता क्षेत्रमा उनले दिएको योगदानलाई उपस्थित वरिष्ठ पत्रकारहरुले विभिन्न ढङ्गबाट समिक्षा गरेका थिए। 

अविनले नेपाल टाइम्स, राजधानी, साप्ताहिक पत्रिका समय, नागरिक, कान्तिपुर लगायतको पत्रपत्रिकामा काम गरिसकेका छन्। 
 

प्रकाशित मिति: १९:३१ बजे, बिहीबार, फागुन २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्