Kathmandu Press

सन् २०२३ मा जापानको व्यापार घाटा ६३ अर्ब डलर

कूल निर्यात २.८ प्रतिशतले वृद्धि भई पहिलो पटक १००.८९ ट्रिलियन येनभन्दा बढी पुगेको छ। निर्यात वृद्धि सन् १९७९ देखि रेकर्ड राख्न थालिएपछिकोे सबैभन्दा उच्च स्तर हो। 
सन् २०२३ मा जापानको व्यापार घाटा ६३ अर्ब डलर

टाेकियाे, माघ १० : जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९.२९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलर मा झरेको सरकारी तथ्याङ्कले देखाएको छ।

कूल निर्यात २.८ प्रतिशतले वृद्धि भई पहिलो पटक १००.८९ ट्रिलियन येनभन्दा बढी पुगेको छ। निर्यात वृद्धि सन् १९७९ देखि रेकर्ड राख्न थालिएपछिकोे सबैभन्दा उच्च स्तर हो। 

कार वा चार पाङ्ग्रे अल्का साधनको निर्यात ३२।७ प्रतिशतले बढेको छ भने निर्माण तथा खानी मेसिनरीको निर्यात १६.२ प्रतिशतले बढेको छ। यसैबीच, तेल र ग्यासको मूल्यमा आएको कमीका कारण आयात ७.० प्रतिशतले घटेर ११०.१८ ट्रिलियन येनमा झरेको छ।

बढ्दो आयात लागत र कमजोर येनको मारमा परेको जापानलाई बलियो निर्यात वृद्धिले आफ्नो व्यापार घाटा कम गर्न मद्दत गरेको छ। लगातार तेस्रो वर्षसम्म व्यापार घाटा भएको क्योदो न्यूजले जनाएको छ। डिसेम्बरमा मात्रै निर्यात अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले बढेको छ भने आयात ६.८ प्रतिशतले घटेको छ। यसको कारण मासिक व्यापार अधिशेष ६२.१ अर्ब येन पुगेको छ।

प्रकाशित मिति: १५:२१ बजे, बुधबार, माघ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्