Kathmandu Press

पाेखरामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

घाइते हुनेमा पोखरा नगरपालिका-१८ बस्‍ने ६९ वर्षीया हिमकला थापा र सोही ठाउँमा बस्‍ने ७० वर्षीया चन्द्रकला थापा छन्।
पाेखरामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

कास्की, माघ १० : पाेखरामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

कास्कीकाे पोखरा महानगरपालिका-१८ चिसाखोलानजिकै ग३च २६०३  नम्बरको दुध बोक्ने बोलेरो दुर्घटना हुँदा सवारी चालक ४९ वर्षीय कृष्ण बहादुर थापाको मृत्‍यु भएको प्रहरीले जनाएको छ। उक्त बाेलेराे मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै थियाे।

घाइते हुनेमा पोखरा नगरपालिका-१८ बस्‍ने ६९ वर्षीया हिमकला थापा र सोही ठाउँमा बस्‍ने ७० वर्षीया चन्द्रकला थापा छन्।

हिमकलाको टाउँकोमा र चन्द्रकलाको ढाडमा चोट लागेको छ। उनीहरूको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १४:१४ बजे, बुधबार, माघ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्