Kathmandu Press

आर्मीलाई हराउँदै मनाङ आहा रारा गोल्डकप फाइलनमा

काठमाडौं, फागुन २९ : मनाङ मस्र्याङ्दी क्लब १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशलामा शुक्रबार भएको दो....

आर्मीलाई हराउँदै मनाङ आहा रारा गोल्डकप फाइलनमा

काठमाडौं, फागुन २९ : मनाङ मस्र्याङ्दी क्लब १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशलामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३–२ ले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो।

मनाङले उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबको सामाना गर्ने छ। पुलिस थ्री स्टार क्लबलाई  ३–० ले हराउँदै फाइनल पुगेको हो। 

आर्मीविरुद्ध मनाङले खेलको सुरुवातमै अग्रता लियो। चौथो मिनेटमा अन्जन विष्टको पासमा विदेशी खेलाडी फ्लोरेन्टले गोल गरेका थिए। २९औं मिनेटमा कप्तान विमलले अन्जनकै पासमा गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए। 

४२औं मिनेटमा नवयुग श्रेष्ठको पासमा भरतले हेडिङमार्फत गोल गर्दै आर्मीलाई पहिलो हाफमा २–१ को अवस्थामा ल्याए। ८१औं मिनेटमा बिमलको पासमा अन्जनले गोल गर्दै मनाङलाई ३–१को अवस्थामा ल्याए। त्यसको २ मिनेट पछि नै आर्मीले गोल ग¥यो। ८३औं मिनेटमा टंक बस्नेतको पासमा दीप लामाले गोल गर्दै आर्मीलाई पुनः खेलमा फर्काउने प्रयास गरे। तर, त्यसपछि कुनै गोल नहुँदा मनाङ ३–२ले विजयी भयो।

साहरा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताको १८औं संस्करणको विजेताले ट्रफीसहित १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन्।

प्रकाशित मिति: १७:४८ बजे, बिहीबार, फागुन २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्