Kathmandu Press

अछाममा भालुको आक्रमणबाट दुई किशोरी घाइते

घाइते हुनेमा स्थानीय १९ वर्षीया पार्वती शाह र २० वर्षीया किरण शाह रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।
अछाममा भालुको आक्रमणबाट दुई किशोरी घाइते
Hardik ivf

अछाम, माघ १० : अछामको रामारोशन गाउँपालिका-५ का दुईजना किशोरी भालुको आक्रमणबाट घाइते भएका छन्। स्थानीय सालिमकोट सामुदायिक वनमा घाँस काट्न गएका बेला जंली भालुले आक्रमण गर्दा दुवै जना घाइते भएका हुन्।

घाइते हुनेमा स्थानीय १९ वर्षीया पार्वती शाह र २० वर्षीया किरण शाह रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। उनका अनुसार घाइते दुवैको शरीरका विभिन्न ठाउँमा चोट लाग्नाका साथै टाउकामा गहिरो चोट देखिएको छ। 

घाइतेमध्ये किरण अचेत अवस्थामा र पार्वती मध्यम अवस्था रहेका प्रनाउ पाठकले बताए। उनका अनुसार घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि जिल्लाबाहिरका अस्पतालमा लैजाने तयारी भइरहेको छ।

प्रकाशित मिति: १२:३४ बजे, बुधबार, माघ १०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्