Kathmandu Press

आगलागीबाट दक्षिण कोरियामा २२७ पसल जले

आगलागीमा कुनै मानवीय क्षति भने नभएको योनहाप समाचार एजेन्सीले अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै मङ्गलबार जनाएको छ।
आगलागीबाट दक्षिण कोरियामा २२७ पसल जले

काठमाडाैं, माघ ९ : दक्षिण कोरियाको दक्षिणपश्चिम क्षेत्रस्थित एउटा समुद्री उत्पादन बजारमा भएको आगलागीमा २२७ पसल जलेर नष्ट भएका छन्।

आगलागीमा कुनै मानवीय क्षति भने नभएको योनहाप समाचार एजेन्सीले अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै मङ्गलबार जनाएको छ।

Hardik ivf

राति करिब ११ः०८ बजे आगलागी भएको थियो।राजधानी सियोलबाट लगभग  १७०  किलोमिटर दक्षिणमा रहेको  काउन्टीको परम्परागत समुद्री उत्पादन बजारमा आगलागी भएको हो।

तीव्र हावा र बजारको खचाखच भरिएको संरचनाका बीच दमकललाई आगो निभाउन करिब नौ घण्टा लागेको थियो। बजारका २९२ पसलमध्ये २२७ पसल जलेर नष्ट भएका छन्।

आगलागी हुँदा बजारमा कोही मानिस नभएकाले मानवीय क्षति भने भएको छैन। दमकल अधिकारीहरूले आगो निभाउन ३६१ वटा दमकल र ४५ वटा दमकल इन्जिनहरू परिचालन गरेका थिए। घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी छ।

प्रकाशित मिति: १४:०९ बजे, मंगलबार, माघ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्