Kathmandu Press

अमेरिकाको टेक्ससमा गोलीकाण्डमा ३ जनाको मृत्यु, २ जना घाइते

ह्युस्टनको उपनगरीय शहर क्याटीमा भाडाको घरमा २० वर्ष उमेर समूहका करिब १० देखि २० जना किशोर–किशोरीहरु भेला भएको अवस्थामा झगडा भएको थियो। झगडापछि गोली हानाहान हुँदा कम्तीमा ५ जनालाई गोली लागेको थियो।
अमेरिकाको टेक्ससमा गोलीकाण्डमा ३ जनाको मृत्यु, २ जना घाइते

काठमाडौं, माघ ८ : अमेरिकी राज्य टेक्ससको हस्टन क्षेत्रमा भएको गोलीकाण्डमा कम्तीमा ३ जनाको मृत्यु भएको छ। भाडाको घरमा भएको गोलीकाण्डमा अन्य २ जना घाइते भएका बताइएको छ।

ह्युस्टनको उपनगरीय शहर क्याटीमा भाडाको घरमा २० वर्ष उमेर समूहका करिब १० देखि २० जना किशोर–किशोरीहरु भेला भएको अवस्थामा झगडा भएको थियो। झगडापछि गोली हानाहान हुँदा कम्तीमा ५ जनालाई गोली लागेको थियो।

ह्यारिस काउन्टी शेरिफको कार्यालयका अनुसार १ जना किशोर र १ जना किशोरीको घटनास्थलमा मृत्यु भएको थियो। अर्का १ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

गोली लागेका अन्य २ जनालाई उपचारका लागि अस्पताल लगिएको छ। गोलीकाण्डबारे अनुसन्धान जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन्। 

प्रकाशित मिति: ०८:३८ बजे, सोमबार, माघ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्