‘भ्रष्टाचारको विषयमा कसैसँग कुनै सम्झौता हुँदैन’
कोशी सरकार फरक ढंगले सुशासनमा अघि बढी सकेकाले सबैलाई इमानदारितापूर्वक जनताको पक्षमा काम गर्नुपर्ने उनले बताए।
मोरङ, माघ ७ : मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकारले भ्रष्टाचारको विषयमा कसैसँग कुनै किसिमको सम्झौता नगर्ने बताएका छन्।
विराटनगरमा विद्युतीय सवारी चार्जिङ स्टेसनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले भ्रष्टाचारका विषयमा कसैसँग कुनै पनि किसिमको सम्झौता नगर्ने बताएका हुन्।
कोशी सरकार फरक ढंगले सुशासनमा अघि बढी सकेकाले सबैलाई इमानदारितापूर्वक जनताको पक्षमा काम गर्नुपर्ने उनले बताए।
‘सकारलाई कुनै बाधा र अवरोध छैन, फरक ढङ्गले सुशासनमा अघि बढी सकेकाले कसैका लागि सकार रोकिँदैन। २५ मेघावाटको जलविद्युत आयोजना सूचिकृत गराउन भनेकोले त्यो नगरे सचिव जान्छ,’ उनले भने, ‘रोकिँदैन किनकि सर्वसम्मतिको शतप्रतिशत जनताको मतको सरकार भएकाले जनताको पक्षमा मात्रै काम गर्नुपर्छ।’
प्रदेश सरकारले प्रदेशलाई कृषिमा फड्को मार्ने कार्यक्रम अगाडि बढाउन लाग्नुका साथै उद्यमी बनाउने काम पनि यसै वर्षबाट सुरु गर्दै छ त्यसैले अब जनताको काम नरोकिने उनले बताए।
खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले विराटनगर, इटहरी र झापाको सुरुङ्गामा स्थापना गरेको विद्युतीय सवारी चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ।











-(86)-1764936079.jpg)
