Kathmandu Press

महंगोमा मास्क बेच्ने ३२ फर्म कारबाहीमा, २५ लाख जरिवाना

काठमाडौं, फागुन २९ : कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य सामाग्रीको अभाव भएको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगम....

महंगोमा मास्क बेच्ने ३२ फर्म कारबाहीमा, २५ लाख जरिवाना

काठमाडौं, फागुन २९ : कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य सामाग्रीको अभाव भएको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तिव्रता दिएको छ। दश दिनमा ३२ वटा सर्जिकल फर्मलाई कारबाही गरेको छ।

विभागका महानिर्देशक नेन्दप्रसाद्र सुवेदीले बजार अनुगमनका क्रममा बढि मूल्यमा सामान विक्रिवितरण गरेको सर्जिकल फर्म तथा फामेर्सी पसललाई कारबाही गरिएको बताए। अनुगमनका क्रममा अनुचित व्यापारिक कारोबार (बढी मूल्यमा सामान बिक्री वितरण) गरेको भेटिएपछि कारबाही गरिएको जनाएको छ।

बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी, मूल्यवृद्धि, गुणस्तरहीन वस्तुको बेचबिखन तथा खरिद÷बिक्री बिलबिजकबिना व्यापार गरिरहेका फर्मलाई कारबाही गर्दा २५ लाख १५ हजार रुपैयाँ जरिवाना तिराईएको छ। सर्जिकल सामाग्री (मास्क र सेनिटाइजर)को कृत्रिम अभाव सिर्जना गरि बढी मूल्यमा बेच्ने ११ वटा सर्जिकल फर्मलाई दुई–दुई लाखका दरले जरिवाना गरिएको जनाएको छ।

क्षेत्रपाटीको नेपाल केयर सर्जिकल सप्लायर्स, वीर अस्पताल अगाडि रहेको आयुस फार्मेसी, क्षेत्रपाटीमा रहेका आईज्याक हिस्पटेक सपोर्ट, शुभम हेल्थ केयस प्रोडक्स प्रालि र ओ.एस.वि इन्टरप्राइजेज, पुल्चोकमा रहेका विद्या अल्का फार्मेसी युनिट र गौतम फार्मेसी एन्ड डाइग्नोष्टिक सेन्टरलाई कारबाही गरिएको छ। त्यस्तै, जावलाखेलमा रहेको सदीक्षा मेडिकल हल, कुपण्डोलमा रहेको शुभ सर्जिकल सप्लायर्स पनि कारबाहीमा परेका छन्।

त्यस्तै अनुगमनका क्रममा खरिद बिल नभेटिएका क्षेत्रपाटीमा रहेका मामा भान्जा टे«ड, स्पेलन्डिड ट्रेडर्स, काठमाडौं ट्रेड कन्सर्न, क्रेकस इन्टरप्राइजेज र एसजे मेडिको सर्जिकललाई २०/२० हजार जरिवाना गरिएको छ। त्रिपुरेश्वरमा रहेको स्वस्तिक सर्जिकल सप्लायर्स, मेडिहेल्थ सर्जिकल प्रालि, गौतम इन्टरनेशनल प्रालि र दृष्टि सर्जिकल हाउसलाई पनि २०/२० हजार र सुविधानगरमा रहेको भिजन माट प्रालिलाई ५० हजार जरिवाना गरिएको महानिर्देशक सुवेदीले बताए।

प्रकाशित मिति: १४:४८ बजे, बिहीबार, फागुन २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्