Kathmandu Press

इराकस्थित अमेरिकी नेतृत्वको गठबन्धन शिविरमा आक्रमण

पश्चिमी इराकमा इरान समर्थित लडाकूले अल असद शिविरलाई लक्षित गरी धेरै ब्यालेस्टिक क्षेप्यास्त्र र रकेट प्रहार गरेका सेन्टकमले उल्लेख गरेको छ। 
इराकस्थित अमेरिकी नेतृत्वको गठबन्धन शिविरमा आक्रमण

वासिङ्टन, माघ ७ : इरान समर्थित लडाकू समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको नेतृत्वमा रहेको सैन्य शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा एक इराकी र केही अमेरिकी हताहत भएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ। पश्चिमी इराकमा इरान समर्थित लडाकूले अल असद शिविरलाई लक्षित गरी धेरै ब्यालेस्टिक क्षेप्यास्त्र र रकेट प्रहार गरेका सेन्टकमले उल्लेख गरेको छ। 

अधिकांश क्षेप्यास्त्रहरू शिविरको हवाई प्रतिरक्षा प्रणालीले रोकेको थियो तर ‘अन्य केही शिविरमा खस्दा’ केही अमेरिकी ‘कर्मचारी’ लाई चोट लागेको बताइएको छ। अमेरिकी केन्द्रीय कमाण्डद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ,  'धेरै अमेरिकी कर्मचारीहरूलाई चोटपटक लागेको हुनसक्ने अनुमानपछि उनीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ। घटनामा कम्तीमा एक जना इराकी सैनिक घाइते भएका छन्।'

Hardik ivf

गत अक्टोबरको मध्यदेखि इराक र सिरियामा इस्लामिक स्टेट समूहका जिहादीविरुद्ध लड्न तैनाथ अमेरिकी तथा गठबन्धन सेनामाथि दर्जनौं आक्रमण भएका छन्। गाजा द्वन्द्वमा इजरायललाई अमेरिकी समर्थनको विरोध गर्ने इरानसम्बद्ध सशस्त्र समूहहरूको खुला गठबन्धन ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ ले अधिकांशको दाबी गरेको छ। उक्त समूहले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो आक्रमण गरेको जनाएको छ।

ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोगले इराक र सिरियामा अमेरिकी सेनामाथिको आक्रमणमा वृद्धि भएको सङ्केत गरेको छ, जसलाई पहिले कम प्रविधिको रकेट र ड्रोनले निशाना बनाइएको थियो। गत अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध सुरु भएपछि मध्यपूर्वमा तनाव बढिरहेका बेला शनिबारको हवाई आक्रमण भएको हो। इरानको दमास्कसमा शनिबार भएको आक्रमणमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरका पाँच सदस्यको पनि मृत्यु भएको थियो।

गत सोमबार साँझ इरानले उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा ‘यहुदी शासन ९मोसाद० का गुप्तचरहरूले प्रयोग गरेको स्थललाई लक्षित गरी घातक आक्रमण गरेको थियो। वासिङ्टनले कैयौँ पटक आक्रमणहरू गरेको छ, जुन उसले थप वा जारी आक्रमणहरू रोक्नको लागि भएको बताएको छ।

पेन्टागनका अनुसार अक्टोबरको अन्त्यदेखि यसअघिका आक्रमणमा दर्जनौं अमेरिकी सैनिक सामान्य घाइते भएका छन्। इराकमा करिब दुई हजार ५०० र सिरियामा करिब ९०० अमेरिकी सैनिक छन्।

प्रकाशित मिति: १४:१४ बजे, आइतबार, माघ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्