‘अंग्रेजी मिडियम’सँगै आउदै इरफानको दोस्रो फिल्म ‘अपनों से बेबफाई’
मुम्बई, फागुन २९ : बलिउड स्टार इरफान खानका दुई फिल्म आउन लागेका छन्। अहिले चर्चामा रहेको ‘अंग्रेजी मिडियम’सँगै उनको अर्को फिल्म ‘अफन....

मुम्बई, फागुन २९ : बलिउड स्टार इरफान खानका दुई फिल्म आउन लागेका छन्। अहिले चर्चामा रहेको ‘अंग्रेजी मिडियम’सँगै उनको अर्को फिल्म ‘अफनों से बेबफाई’ आउन लागेको हो।
इरफानको फिल्म ‘अफनों से बेबफाई’ लामो समयदेखि रिलिज हुन सकेको थिएन। यो फिल्म दुई वर्ष अघि नै तयार भएको जनाएको छ। मिड डेको रिपोर्ट अनुसार, यो फिल्म अप्रिल २ मा रिजिल हुनेछ।
फिल्मका निर्देशक प्रकाश भालेकरले पनि फिल्म आउन लागेको जनाएका छन्। उनका अनुसार, यो पारिवारिक फिल्म हो। यसमा इरफानसँगै नयाँ कलाकार देखिने उनले बताएका छन्।
इरफानको ‘अंग्रेजी मिडियम’ भने शुक्रबार रिलिज हुँदै छ। यसमा इरफानसँगै करिना कपूर, राधिका मदान, दीपिका डोबरियाल मूख्य भूमिकामा रहेका छन्।












