Kathmandu Press

चीनको प्राकृतिक ग्यास उत्पादन सन् २०२३ मा ५.८ प्रतिशतले वृद्धि

चीनले सन् २०२३ मा २२९.७ अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास उत्पादन गरेको थियो।
चीनको प्राकृतिक ग्यास उत्पादन सन् २०२३ मा ५.८ प्रतिशतले वृद्धि

बेइजिङ, माघ ६ :  चीनको प्राकृतिक ग्यास उत्पादनले सन् २०२३ मा स्थिर वृद्धि दर्ता गरेको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ।

चीनले सन् २०२३ मा २२९.७ अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास उत्पादन गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा ५.८  प्रतिशत बढी हो। विभागका अनुसार सन् २०२३ मा कूल ११ करोड ९९ लाख ७० हजार टन प्राकृतिक ग्यास आयात गरिएको थियो। यो अघिल्लो वर्षको तुलनामा ९.९ प्रतिशतले बृद्धि हो। 

डिसेम्बरमा मात्रै चीनको प्राकृतिक ग्यास आयातमा २३ प्रतिशत अर्थात् एक करोड २६ लाख ५० हजार टन प्राकृतिक ग्यास आयात गरेको छ। वृद्धि दर नोभेम्बरको तुलनामा १६.४ प्रतिशत बढी रहेको विभागले जनाएको छ।  

प्रकाशित मिति: १७:१७ बजे, शनिबार, माघ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्