‘गाजामा हरेक घन्टामा दुई आमाको मृत्यु’
लैंगिक समानता र महिला सशक्तीकरणका लागि काम गरिरहेको संयुक्त राष्ट्रसङ्घीय निकाय युएन विमेनको प्रतिवेदनमा गाजामा युद्ध शरू भएको दिनदेखि १०० दिनसम्मको महिलाहरूको औसत मृत्यु दरलाई मूल्याङ्कन गरी उक्त तथ्य सार्वजनिक गरेको हो।
संयुक्त राष्ट्रसंघ, माघ ६ : एक सय दिनभन्दा बढी समयदेखि गाजामा चलेको द्वन्द्वमा हरेक घन्टामा दुई आमाहरूको मृत्यु हुने गरेको संयुक्त राष्ट्र सङ्घीय निकायले शुक्रबार जनाएको छ।
लैंगिक समानता र महिला सशक्तीकरणका लागि काम गरिरहेको संयुक्त राष्ट्रसङ्घीय निकाय युएन विमेनको प्रतिवेदनमा गाजामा युद्ध शरू भएको दिनदेखि १०० दिनसम्मको महिलाहरूको औसत मृत्यु दरलाई मूल्याङ्कन गरी उक्त तथ्य सार्वजनिक गरेको हो।
गाजा सङ्कटले महिला तथा बालबालिकाको जीवन स्तरमा जीवन र मानवीय आवश्यकताको विनाशकारी असर गरिरहेको गाजा युद्धको लैङ्गिक प्रभाव नामक प्रतिवेदनमा उल्लेख छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कम्तीमा २४ हजार ६२० प्यालेस्टिनी मारिएका छन्। गाजामा मृत्यु भएकामध्ये करिब ७० प्रतिशत महिला र बालबालिका रहेको अनुमान गरिएको छ। तथ्याङ्क अनुसार महिला मृत्युमध्ये सङ्कट सुरु भएदेखि अहिलेसम्मको औसत अनुपातमा प्रतिघन्टा दुई आमाहरूको मृत्यु हुनेगरेको छ।
गाजामा १९ लाखभन्दा बढी व्यक्ति तथा गाजाको कुल जनसङ्ख्याको ८५ प्रतिशत, जनसङ्ख्या विस्थापित भएको विश्वास गरिन्छ। जसमा संयुक्त राष्ट्रसंघीय निकाय (युएन विमेन) ले एक लाख महिला तथा बालबालिका रहेको अनुमान गरेको छ। गाजाको सम्पूर्ण जनसङ्ख्यामध्ये लगभग २२ लाख व्यक्ति सङ्कटमा वा तीव्र खाद्य असुरक्षाको मारमा रहेको अनुमान गरिएको छ ।
युएन वुमनको अनुमानमा द्धन्द्धमा कम्तिमा तीन हजार महिला विधवा वा घरपरिवारविहीन भएका अनुमान गरिएको छ। यसैगरी कम्तिमा दश हजार बच्चाहरूले आफ्नो पिता गुमाएका हुन सक्ने विवरणमा बताइएको छ। महिला र बालबालिका द्वन्द्वको पहिलो सिकार हुने तथा उनीहरूलाई लक्षित गरी शान्ति खोज्नु आफ्नो कर्तव्य भएको फेरि एकपटक प्रमाणित गरेको संयुक्त राष्ट्रसङ्घीय महिला कार्यक्रमकी कार्यकारी निर्देशक सिमा बाहुसले बताए।
उनले भने, 'विगत १५ वर्षमा प्यालेस्टिनी राष्ट्रिय प्राधिकरण क्षेत्रमा मारिएका सबै नागरिकमध्ये दुई तिहाइ पुरुष रहेका छन्। यसैगरी १४ प्रतिशतभन्दा कम महिला तथा बालिकाहरू रहेका छन्। तर पछिल्लो १०० दिनमा समयमा मृत्यु हुनेमध्ये ७० प्रतिशत महिला र बालबालिका रहेका छन्। प्यालेस्टिनी जनतालाई परेको आघातले हामी सबैलाई आउँदो पुस्तासम्म सताउनेछ।'
युद्ध अन्त्य गर्न आग्रह
गाजाका महिला र केटीहरूको अवस्थाप्रति शोक व्यक्त गदै सबै महिला तथा बालबालिकाहरूलाई महत्वपूर्ण सहायता र सेवाहरूको प्रावधानसहित गाजामा रहेका सबैका लागि तत्काल मानवीय युद्धविराम र निर्बाध मानवीय पहुँचका लागि बाहुसले आग्रह गर्नुभयो। यो शान्तिको समय भएको बताउदैै सबै इजरायली र प्यालेस्टिनी महिला र बालबालिकाप्रति आफु ऋणी रहेको बताउनुभएको छ। उनले उनीहरूले अबका दिनमा यसको मूल्य चुकाउनु नपर्ने बताएका छन्।
प्रतिवेदनअनुसार बढ्दो वैमनस्यता हुँदाहुँदै पनि महिला नेतृत्व र महिला अधिकार सङ्गठनहरूले काम जारी राखेका छन्।
गाजा पट्टीमा सर्वेक्षण गरिएका करिब ८३ प्रतिशत महिला सङ्गठनहरू कम्तिमा आंशिक रूपमा सञ्चालनमा छन्। उनीहरू मुख्यतया आपतकालीन प्रतिक्रियामा केन्द्रित रहेका छन्। यद्यपि, सन् २०२३ को फ्ल्यास अपिलमा कोषको संयुक्त राष्ट्र महिला विश्लेषणले अनुसार कोषको ०.०९ प्रतिशत मात्र राष्ट्रिय वा स्थानीय महिला अधिकार सङ्गठनहरूमा आबद्ध भएका छन्।
पछिल्लो छ महिनाको प्रतिक्रिया योजनाको माध्यमबाट, प्यालेस्टाइनमा संयुक्त राष्ट्रसङ्घका महिलाहरूले १४ हजारभन्दा बढी महिला–नेतृत्व गर्ने परिवारलाई, गाजाका सबै महिला–नेतृत्व गर्ने परिवारको एक तिहाइलाई जीवन–रक्षक सहायता प्रदान गर्दै आएका छन्। उनीहरू कपडा, सेनेटरी उत्पादनहरू, र बालबालिकाको लागि आवश्यक पर्ने समानको वितरणलाई सहयोग गर्दै आएका छन्।
प्रतिवेदन अनुसार लैङ्गिक हिंसाका लागि लैङ्गिक–उत्तरदायी सेवाहरू प्रदान गर्न महिला नेतृत्वको संस्थाहरूसँग पनि युएन वुमनले साझेदारी गरिरहेको छ। यस कार्यक्रम अन्तर्गत विस्थापित महिलाहरूका लागि आश्रय स्थलहरूमा महिला नेतृत्वको सुरक्षा र प्रतिक्रिया समितिहरू स्थापना गर्नेस र प्यालेस्टाइनमा महिला संस्थाहरूसँग नियमित परामर्श गर्ने गरिरहेको छ।












-1763799581.jpg)