Kathmandu Press

हाइटीमा छ भिक्षु अपहरित

सङ्गठनका अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार स्थानीय समयअनुसार बिहान ७ बजेतिर एक सशस्त्र समूहले ती महिलाहरूलाई अपहरण गरेको थियो।
हाइटीमा छ भिक्षु अपहरित

पोर्ट–औ–प्रिन्स, हाइटी, माघ ६ :  हाइटीको राजधानी पोर्ट-औ-प्रिन्समा शुक्रबार छ जना भिक्षुसहित आठ जनाको अपहरण भएको छ।

हाइटीको धार्मिक सङ्गठनले एएफपीलाई उपलब्ध गराएको पत्रमा भनिएको छ, 'सेन्ट एनीका बहिनीहरूको मण्डलीका छ जना ननहरू र उनीहरू चढेको बसका अन्य सदस्यहरू अपहरणमा परेको खबरले हामीलाई दुःखी तुल्याएको छ।'

सङ्गठनका अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार स्थानीय समयअनुसार बिहान ७ बजेतिर एक सशस्त्र समूहले ती महिलाहरूलाई अपहरण गरेको थियो।

उनले अपहरणमा परेका अन्य दुई जनाबारे भने आफूलाई जानकारी नभएको बताए। फिरौतीको मागबारे अहिलेसम्म कुनै जानकारी आएको छैन।
पोर्ट–औ–प्रिन्स र केही राष्ट्रिय सडकहरूमा धेरै हप्तादेखि प्रसिद्ध र सामान्य मानिसहरूलाई लक्षित गरी अपहरणका घटनाहरू बढ्दै गएका छन्।

गत हप्ता, एक चिकित्सक र शान्तिदूतलाई अपहरण गरिएको थियो तर फिरौती तिरेपछि उनीहरू रिहा भएका थिए। राजनीतिक, आर्थिक र सार्वजनिक स्वास्थ्य प्रणाली कमजोर अवस्थामा रहेको अमेरिकाको सबैभन्दा गरिब राज्यमा सामूहिक हिंसाकाबीच अपहरणका घटनाहरूलाई खासै महत्व दिएको पाइँदैन। 

गत वर्ष संयुक्त राष्ट्रसङ्घले पोर्ट–औ–प्रिन्सको करिब ८० प्रतिशत क्षेत्रमा गिरोहले नियन्त्रण गरेको अनुमान गरेको थियो। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गत अक्टोबरमा केन्याको नेतृत्वमा हाइटीमा एक बहुराष्ट्रिय मिसन पठाउन सहमत भएको थियो।

प्रकाशित मिति: १४:५० बजे, शनिबार, माघ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्