च्याम्पियन्स लिग : लिभरपुल एट्लेटिकोसँग स्तब्ध, पिएसजीको पुनरागमन जित
काठमाडौं, फागुन २९ : बुधबार राति च्याम्पियन लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगका २ खेल भए। एउटा खेल डिफेन्डिङ च्याम्पियन लिभरपुल र एट्लेटिको मड्....

काठमाडौं, फागुन २९ : बुधबार राति च्याम्पियन लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगका २ खेल भए। एउटा खेल डिफेन्डिङ च्याम्पियन लिभरपुल र एट्लेटिको मड्रिड भिडेका थिए भने अर्को खेलमा पिएसजी र बोरुसिया डर्टमन्ड भिडे।
डिफेन्डिङ च्याम्पियन लिभरपुल घरेलु मैदान एन्डफिल्डमै एट्लेटिकोसँग ३–२ ले पराजित हुँदै च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो भने पिएसजीले डर्टमन्डलाई २–० ले हराउँदै क्वार्टरफाइलनमा स्थापन पक्का गर्याे।
पहिलो लेगमा १–० ले पछि परेको लिरपुलले एन्डफिल्डमा सुरुवाती अग्रता लियो। खेलको ४३औँ मिनेटमा जर्जिनयो विज्नाल्डमले अग्रता दिलाए। ९० मिनेटसम्म गोल हुन नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो।
थप ३० मिनेटको समयमा चौँथो मिनेटमा नै रोबर्टो फर्मिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। तर त्यसको तीन मिनेटपछि नै एथ्लेटिको मड्रिडका लागि मार्कस लोरेन्टेले गोल गरे। इजुरी समयको अन्तिम मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई जित दिलाए।
पहिलो लेगमा डर्टमन्डसँग २–१ ले पछि परेको पिएसजीले बुधबार राति घरेलु मैदानमा २–० को जितसहित समग्रमा ३–२ को जित निकाल्यो। पिएसजीलाई जित दिलाउने क्रममा नेमार र युलियन ब्रान्टले गोल गरे। खेल कोरोना भाइरसका कारण बन्द रंगशालामा खेलाइएको थियो।
खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएको पिएएसजीले २८औं मिनेटमा अग्रता लियो। एन्जेल डि मारियाको कर्नरमा डिबक्समा अनमार्क रहेका नेमारले हेडिङमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। पहिलो हाफकै इन्जुरी सयमा ब्रान्टले साबरियाको पासमा गोल गरेपछि पिएसजीले पहिलो हाफमै २–० को अग्रता लियो।
दोस्रो हाफमा भने कुनै गोल हुने नसक्दा खेल पिएसजीले २–० ले जित्यो। डर्टमन्डले खेलको अन्त्य १० खेलाडीमा रहेर गरेको थियो। उसका एम्रे क्यान ८९ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । पीएसजी छैटौं पटक च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको हो।











