Kathmandu Press

जर्मन फुटबलर टिमो हुवर्सलाई कोराना संक्रमण

काठमाडौं, फागुन २९ : जर्मन डिफेन्डर टिमो हुवर्सलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

जर्मन सेकेन्ड डिभिजन फुटबल क्लब हनोवरले आफ्ना डिफेन्डर ....

जर्मन फुटबलर टिमो हुवर्सलाई कोराना संक्रमण

काठमाडौं, फागुन २९ : जर्मन डिफेन्डर टिमो हुवर्सलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

जर्मन सेकेन्ड डिभिजन फुटबल क्लब हनोवरले आफ्ना डिफेन्डर हुवर्सलार्य कोरोनाको संक्रमण पाइएको जनाएको छ। कोरोना संक्रमण हुने उनी पहिलो जर्मन फुटबलर भएको पनि बताइएको छ।

२३ वर्षीय हुवर्सले केही दिनअघि एक स्थानीय कार्यक्रम भाग लिएका थिए। त्यहि कार्यक्रममा उनी एक कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाले उनीबाटै हुवर्सलाई कोरोना भाइरस देखिएको जनाएको छ।

कोरोना संक्रमण देखिएपछि हुवर्सलाई अन्य खेलाडी र कोचिङ स्टाफबाट टाढै राखिएको क्लबले जनाएको छ। हुवर्सलाई कोरोना भाइरसभेटिएपछि क्लबका सबै खेलाडी र कोचिङ स्टाफको पनि परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ भएको बताइएको छ।

कोरोनाको त्रासकै कारण जर्मन फुटबल एसोसिएनले यसअघि नै पहिलो र दोस्रो डिभिजनका सबै खेलहरु बन्द रंगशालामा खेलाउने निर्णय गरिसकेको छ।

यस्तै, च्याम्पियन्स लिग, युरोपा लिग, ला लिगाका खेलहरु पनि बन्द रंगशालामै भइरहेका छन्। यता, इटालीमा भने अप्रिल ३ सम्मका फुटबलका सबै गतिविधि बन्द गरिएको छ।

प्रकाशित मिति: १०:४० बजे, बिहीबार, फागुन २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्