Kathmandu Press

अफ्रिकी कफ अफ नेसन्समा इजिप्ट र घानाले बराबरी खेले

समूह चरणको दोस्रो खेलमा इजिप्ट आफ्नो मुख्य खेलाडी मोहम्मद सलाहविना मैदान उत्रिएको थियो। सलाह चोटग्रस्त भएका कारण मैदानबाहिर छन्। पहिलो हाफको इन्ज्युरी समया घानाका मोहम्मद कुदुजसले गोल गरेका थिए। दोस्रो हाफमा ६९ औं मिनेटमा ओमार मार्माउशले गोल गर्दै इजिप्टलाई बराबरीमा पुर्‍याएका थिए।
अफ्रिकी कफ अफ नेसन्समा इजिप्ट र घानाले बराबरी खेले

काठमाडौं, माघ ५ : अफ्रिकी कप अफ नेसन्समा इजिप्ट र घानाले बराबरी खेलेका छन्। गएराति आइभोरी कोस्टको ले फेलिसिया स्टेडियममा इजिप्ट र घानाले २/२ गोलको बराबरी खेलेका हुन्।

समूह चरणको दोस्रो खेलमा इजिप्ट आफ्नो मुख्य खेलाडी मोहम्मद सलाहविना मैदान उत्रिएको थियो। सलाह चोटग्रस्त भएका कारण मैदानबाहिर छन्। पहिलो हाफको इन्ज्युरी समया घानाका मोहम्मद कुदुजसले गोल गरेका थिए। दोस्रो हाफमा ६९ औं मिनेटमा ओमार मार्माउशले गोल गर्दै इजिप्टलाई बराबरीमा पुर्‍याएका थिए।

Hardik ivf

७१ औं मिनेटमा घानाका कुदुज र ७४ औं मिनेटमा इजिप्टका मुस्ताफा मोहम्मदले गोल गर्दा खेल पुनः बराबरीको स्थितिमा पुगेको थियो।

खेलमा घानाले गोलका लागि ६ प्रहार गर्दा इजिप्टले ११ प्रहार गर्‍यो। समूह चरणको  दुवै खेल बराबरी खेलेर इजिप्टले २ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ। घाना १ अंकका साथ पुछारमा छ।

पहिलो स्थानमा केप भर्डे र तेस्रो स्थानमा मोजाम्बिक छ। 

प्रकाशित मिति: ०८:२५ बजे, शुक्रबार, माघ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्