राष्ट्रिय खेलाडीले भरिएको एपिएफमाथि मधेसको जित
टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेश प्रदेशले एपीएफ क्लबमाथि पाँच विकेटको जित हात पारेको हो। जितको लागि २ सय ४७ रनको लक्ष्य पछ्याएको मधेशले ४८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।काठमाडाैं, पुस ४ : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशले नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ।
टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेश प्रदेशले एपीएफ क्लबमाथि पाँच विकेटको जित हात पारेको हो। जितको लागि २ सय ४७ रनको लक्ष्य पछ्याएको मधेशले ४८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। मधेशको जितमा रुपेश सिंह ७२ रनमा नट आउट रहे। पवन सरार्फले ६४ रन बनाए। त्यस्तै निरज यादवले ५२ रन बनाए। एपीएफका रमेश कुर्मी र रोहित पौडेलले २–२ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो। एपीएफका ओपनर आसिफ शेखले ५९ बनाएका थिए। कप्तान रोहित पौडेलले ५८ रन बनाएका थिए।
त्यस्तै मुलपानी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ। जितको लागि ८९ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले ९.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी २४.४ ओभरमा ८८ रनमा अल आउट भएको थियो।
त्यस्तै प्रतियोगीता अन्तर्गत भैरहवा रंगशालामा भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई १ सय ८ रनले पराजित गर्यो। जितको लागि २ सय २ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमा अल आउट भयो। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूर निर्धारित ५० ओभरमा २ सय १ रनमा अल आउट भएको थियो।