Kathmandu Press

थ्रीस्टारलाई हराउँदै पुलिस आहा रारा गोल्डकपको फाइनलमा

पोखरा, फागुन २८ : थ्रीस्टार क्लबलाई पराजित गर्दै विभागीय टिम नेपाल पुलिस क्लब आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। 

बुधबार प....

थ्रीस्टारलाई हराउँदै पुलिस आहा रारा गोल्डकपको फाइनलमा

पोखरा, फागुन २८ : थ्रीस्टार क्लबलाई पराजित गर्दै विभागीय टिम नेपाल पुलिस क्लब आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। 

बुधबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा थ्रीस्टारलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस क्लब उपाधि नजिक पुगेको हो। पुलिसले अब उपाधिका लागि मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

पुलिसलाई जित दिलाउन नीरकुमार राई दुई तथा भरत शाहले एक गोल गरे। थ्रीस्टारविरुद्ध पुलिसले सुरुवातमै अग्रता लिएको थियो। खेलको ८ औं मिनेटमा भरत शाहले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए।

आक्रामक खेल खेलेको पुलिसका लागि खेलको ५१ औं मिनेटमा नीरकुमारले गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको ७१ औं मिनेटमा नीरकुमार व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पुलिसलाई फाइनलको बाटो देखाए।

बिहीबार दोस्रो सेमिफाइलनमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्।
 

प्रकाशित मिति: १९:४६ बजे, बुधबार, फागुन २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्