Kathmandu Press

सूर्यको घातक बलिङमा आर्मीमाथि वाग्मतीकाे जित

आर्मीले दिएको ९८ रनको झिनो लक्ष्य वाग्मतीले २२.१ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो।
सूर्यको घातक बलिङमा आर्मीमाथि वाग्मतीकाे जित

काठमाडौं, माघ ३ : प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको छ। मूलपानी क्रिकेट मैदानमा भएको खेलमा स्पनिर सूर्य तामाङको उत्कृष्ट प्रदर्शनमा बागमतीले आर्मीलाई ३ विकेटले हराएको हो।

आर्मीले दिएको ९८ रनको झिनो लक्ष्य वाग्मतीले २२.१ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो। बागमतीलाई जिताउन प्रतिश जिसीले नटआउट २१ रन बनाएका उनले २४ बलमा १ चौका र १ छक्का हानेका थिए। त्यस्तै अशोक पौडेलले २१ रन बनाए।

Hardik ivf

बलिङमा आर्मीका सोमपाल कामीले ३ विकेट लिए भने सहाब आलम र जितेन्द्र मुखियाले २÷२ विकेट लिए।

टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै ९७ रनमा समेटियो।

आर्मीका कप्तान विनोद भण्डारीले ४० बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए। भीम सार्की ४१ बलमा ३ चौकासहित १८ रन बनाए भने विवेक यादवले ११ रन जोडे। 

बागमतीका प्रतिश जिसीले र रिजन ढकालले समान दुई÷दुई  विकेट लिए। त्यस्तै, कृजन गुरुङले एक विकेट लिए।

सुरूवातमा लगातार दुई खेल हारेको वाग्मतीले त्यसपछि लगातार दुई खेअल जितेको छ। आर्मीको भने यो पहिलो हार हो।

प्रकाशित मिति: १५:२० बजे, बुधबार, माघ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्