Kathmandu Press

खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकारकाे प्रयत्न आवश्यक : उपप्रधानमन्त्री खड्का

उनले खेल क्षेत्रका लागि थप लगानी गर्दै भौतिक पूर्वाधारहरुलाई पनि अघि बढाउनुपर्ने धारणा राखे।
खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकारकाे प्रयत्न आवश्यक : उपप्रधानमन्त्री खड्का

काठमाडाैं, माघ ३ : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका लागि तीनै तहको सरकारले आवश्यक प्रयत्न गर्ने बताएका छन्।

बुधबार ललितपुरमा १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन गर्दै खड्काले पूर्ण रुपमा आफ्नो जीवन खेलमा समर्पण गर्ने खेलाडीहरुको उत्साहित र प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको विकासका लागि तीनै तहको सरकारले आवश्यक प्रयत्न गर्ने बताएका हुन्।

Hardik ivf

उनले खेल क्षेत्रका लागि थप लगानी गर्दै भौतिक पूर्वाधारहरुलाई पनि अघि बढाउनुपर्ने धारणा राखे। विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै खेलाडीहरुको उत्साहलाई राज्यले सन्तोषजनक रुपमा बुझ्न नसकेको उनले बताए।

उनले अन्तराष्ट्रिय स्तरका क्रिकेट, फुटबल लगाएत इन्डोर खेलका लागि पूर्वाधार बनाउन पनि सरकार प्रतिवद्ध भएर लाग्ने जिकिर गरे।

ललितपुर जिल्ला खेलकुद बिकास समितिको आयोजनामा तीन दिनसम्म चल्ने प्रतियोगीताअन्तर्गत विभिन्न विधाका खेलहरु हुने बताइएको छ। 

प्रकाशित मिति: १४:४६ बजे, बुधबार, माघ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्