सूर्य तामाङको घातक बलिङमा आर्मी ९७ रनमै अल आउट
बागमती प्रदेशले जितका लागि ९८ रनको सामान्य लक्ष्य पाएको छ। यसक्रममा बागमतीका सूर्य तामाङले ५ विकेट लिएका थिए।
काठमाडौं, माघ ३ : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ९७ रनमै अल आउट भएको छ।
बागमती प्रदेशले जितका लागि ९८ रनको सामान्य लक्ष्य पाएको छ। यसक्रममा बागमतीका सूर्य तामाङले ५ विकेट लिएका थिए।
मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै ९७ रनमा समेटियो।
आर्मीका कप्तान विनोद भण्डारीले ४० बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए। भीम सार्की ४१ बलमा ३ चौकासहित १८ रन बनाए भने विवेक यादवले ११ रन जोडे।
बागमतीका प्रतिश जिसीले र रिजन ढकालले समान दुई÷दुई विकेट लिए। त्यस्तै, कृजन गुरुङले एक विकेट लिए।
प्रकाशित मिति: १३:१२ बजे, बुधबार, माघ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)