Kathmandu Press

सूर्य तामाङको ह्याट्रिकमा पिएम कपमा बागमतीको पहिलो जित

सूर्यले ह्याट्रिक लिएकाे खेलमा बागमतीले मधेश प्रदेशलाई ८६ रनले हरायो।
सूर्य तामाङको ह्याट्रिकमा पिएम कपमा बागमतीको पहिलो जित

काठमाडाैं, माघ २ : स्पिनर सूर्य तामाङले ह्याट्रिक विकेट लिएपछि प्रधानमन्त्री कप क्रिकेटमा बागमती प्रदेशले पहिलो जित निकलोको छ। सूर्यले ह्याट्रिक लिएकाे खेलमा बागमतीले मधेश प्रदेशलाई ८६ रनले हरायो।

१९१ रनको मध्यम लक्ष्य पछ्याएको मधेश प्रदेश सूर्यको घातक बलिङपछि २९ ओभरमा १०४ रनमै अलआउट भयो। मधेशका पवन सर्राफले ४८ बलमा सर्वाधिक ४५ रन बनाए। यस्तै, मयन यादवले ३१ र निरज यादवले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउने सकेनन्।

Hardik ivf

घातक बलिङ गरेका सूर्यले २९औं ओभरको सुरुआती ३ बलमा ह्याटिङक गरेका थिए। उनले पहिलो बलमा रुपेश सिंह, दोस्रो बलमा राजेश यादव र तेस्रो अबलमा संसद अन्सारीलाई आउट गरेका थिए। यो ओभरमा उनले मेडन ४ विकेट लिएका थिए।

यो जारी प्रतियोगिताको पहिलो ह्याट्रिक हो। सूर्यले ९ ओभरमा १८ रन मात्र खर्चेर ६ विकेट लिए। यस्तै, प्रतिश जिसी र इशान पाण्डेले समान १ विकेट लिए।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४९।२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो ।

बागमतीका लागि प्रतिश जिसीले सर्वाधिक ५९ रन बनाए । उनले ५५ बलमा समान ४ चौका र ४ छक्का प्रहार गरे । रविन जोशीले २१ र ओपनर इशान पाण्डेले १५ रन बनाए।

मधेशका लागि रुपेश सिंह र अरनिको यादवले समान २–२ विकेट लिए ।

प्रकाशित मिति: १६:२९ बजे, मंगलबार, माघ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्