Kathmandu Press

कोशीमाथि पुलिसको ७ विकेटको जित, खेर गयो सुजनको शतक

मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा पुलिसले कोशी प्रदेशमाथि ७ विकेटको जित निकाल्यो।
कोशीमाथि पुलिसको ७ विकेटको जित, खेर गयो सुजनको शतक

काठमाडाैं, माघ २ : प्रधानमन्त्री कप एकदिवसी क्रिकेटमा विभागीय टिम नेपाल पुलिस क्लबलले लागतार दोस्रो जित निकालेको छ। मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा पुलिसले कोशी प्रदेशमाथि ७ विकेटको जित निकाल्यो।

जारी प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो भने कोशी लगातार तेस्रो हार हो। यसअघि पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । कोशी भने मधेश प्रदेश र एपिएफसँग पराजित भएको थियो।

कोशीले दिएको १६७ रनको समान्य लक्ष्य पुलिसले २३.१ ओभर ३ विकेटको क्षतिमा भेट्टायो। पुलिसका लागि अर्जुन साउदले अर्धशतकीय योगदान दिए। उनले ६३ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ६२ रन बनाए।

Hardik ivf

यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले १७ बलमा ३४ रन बनाउँदा दिलिप नाथले ३१ बलमा ३१ रन बनाए। ओपनरद्वय सुनिल धमलाले १७ र कुशल भुर्तेलले १२ रन बनाए।

कोशीका कमल खत्रीले २ तथा सोनु मण्डलले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको केशीले सुनज थपलियाको शतक बनाए पनि पुलिसलाई ठूलो लक्ष्य दिन सकेनन्। उसले ४८.२ ओभरमा अलआउट हुँदै १६६ रन मात्र बनाउन सक्यो।

सुजनले १२६ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै १०५ बनाए। उनीलाई ४७औं ओभरको पहिलो बलमा करण केसीले सुनिल धमलाबाट क्याच आउट गराए।

प्रधानमन्त्री कपमा यो चौथो शतक हो। यसअघि पुलिसका रसिद खान, एपिएफका सन्दीप जोरा र आर्मीका विनोद भण्डारीले शतक बनाएका थिए।

सुजन बाहेक कोशीका अभ्यास तिमल्सिनाले २३ र कप्तान अंकित सुवेदीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

पुलिसका करण केसीले ३ विकेट लिँदा सुनिल धमला र ललित राजवंशीले समान २ विकेट लिए।

 

प्रकाशित मिति: १५:२४ बजे, मंगलबार, माघ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्