बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना सङ्क्रमण, जापानमा ३१ र दक्षिण कोरियामा ६१ को मृत्यु
काठमाडौं, फागुन २८ : बेलायतका स्वास्थ्य मन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको सङ्क्रम भएको छ। स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेक....

काठमाडौं, फागुन २८ : बेलायतका स्वास्थ्य मन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको सङ्क्रम भएको छ। स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन्। उनलाई के कसरी कोरोना भाइरसको सङ्क्रमण भयो भन्ने बारे अनुसन्धान भइरहेको छ।
बेलायतमा हालसम्म तीन सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको र ६ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बुधबारसम्म अष्ट्रेलियामा भने सङ्क्रमितको सङ्ख्या एक सय १२ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या तीन मात्रै रहेको विभागले जनाएको छ।
यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना सङ्क्रमण नियन्त्रण र उपचारका लागि १ दशमलव ५५ अर्व अमेरिकी डलर रकम छुट्याएको घोषणा गरेका छन्।
उनले सरोकारवाला निकायसँग छलफल गरेर कोरोना नियन्त्रण र उपचारका लागि विभिन्न प्याकेज तयार पारिएको जानकारी दिए।












