Kathmandu Press

एम्बाप्पेमा कोरोनाको आशंका !

काठमाडौं, फागुन २८ : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्ट्राइकर केलियन एम्बाप्पेमा कोरोना भाइरसको आशंका गरिएको छ। पछिल्लो दुई दिन....

एम्बाप्पेमा कोरोनाको आशंका !

काठमाडौं, फागुन २८ : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्ट्राइकर केलियन एम्बाप्पेमा कोरोना भाइरसको आशंका गरिएको छ। पछिल्लो दुई दिन रुघाखोजी र ज्वरोबाट पीडित भएपछि एम्बाप्पेलाई कोरोना परीक्षण गरिएकाे छ।

तर उनकाे कोरोनाको रिपोर्ट नेगेटिभ आएको पिएसजीले जनाएको छ। कोरोना परीक्षण गरिएको उनी पहिलो हाइप्रोफाइल फुटबल भएको बताइएको छ।

रुघाखोजी र ज्वरोकै कारण एम्बाप्पेले प्रशिक्षणसमेत गरेनन्। पिएसजीले आज राति नै च्याम्पियन्स लिगको अन्तिम १६को दोस्रो लेगमा घरेलु मैदानमा जर्मन क्लब बोरुसिया टर्डमन्डको सामाना गर्दैछ। उनले डर्टमन्डविरुद्ध खेल्न सक्छन् वा सक्दैनन् केही खुलाइएको छैन।

कोरोना विश्वव्यापी रुपमा फैलिएपछि युरोपियन फुटबल एसोसिएनसले च्याम्पियन्स लिग र युरोपा लिगाका सबै खेल बन्द रंगशालामा खेलाउने निर्णय गरेको छ। सोहीकारण पिएसजी र टर्डमन्डबीचको खेल पनि दर्शकविनै खेलाइने छ।

प्रकाशित मिति: १५:३५ बजे, बुधबार, फागुन २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्