Kathmandu Press

नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्‍यो 

स्कटल्यान्डले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभर १ बलमा ३ विकेट गुमाएर ९९ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो। वर्षाले खेल रोकिनु अगाडिसम्म नेपालका अर्जुन कुमालले ३३ र आकाश त्रिपाठीले २९ रन बनाएका थिए
नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्‍यो 

काठमाडौं, पुस २९ : नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ। आईसीसी यू–१९ विश्वकप अघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको हो।

स्कटल्यान्डले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभर १ बलमा ३ विकेट गुमाएर ९९ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो। वर्षाले खेल रोकिनु अगाडिसम्म नेपालका अर्जुन कुमालले ३३ र आकाश त्रिपाठीले २९ रन बनाएका थिए

Hardik ivf

टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड ४४.४ ओभरमा ११४ रन बनाउँदा अलआउट भएको थियो। स्कटल्याण्डविरुद्ध नेपालका गुलसन झा र तिलक भण्डारीले समान ३–३ विकेट लिए।  

आईसीसी यू–१९ विश्वकपका लागि दक्षिण अफ्रिका पुगेको नेपाले प्रतियोगिता सुरु हुनु अगाडि वार्मअप खेल खेलिरहेको हो। नेपालले अन्तिम वार्मअप खेल मंगलबार वेस्टइन्डिजसँग खेल्ने।   

नेपाल यू– १९ विश्वकपको समूह ‘डी’ मा छ। नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्। आगामी माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल विश्वकपको सुरुवात गर्ने तयारीमा छ। नेपालको दोस्रो खेल माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग हुनेछ।

प्रकाशित मिति: ०९:१० बजे, आइतबार, पुस २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्