Kathmandu Press

पिएम कप : पुलिस, मधेस र लुम्बिनीकाे विजयी सुरुवात

प्रतियोगितामा पुलिसले बागमतीप्रदेश, मधेसले कोशी र लुम्बिनीले गण्डकीलाई पराजित गरेको हो।
पिएम कप : पुलिस, मधेस र लुम्बिनीकाे विजयी सुरुवात

काठमाडाैं, पुस २८ : शनिबारबाट सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लब, मधेस प्रदेश र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन्। प्रतियोगितामा पुलिसले बागमति प्रदेश, मधेशले कोशी र लुम्बिनीले गण्डकीलाई पराजित गरेको हो।

त्रिवि खेल मैदान किर्तिपुरमा भएको खेलमा पुलिस क्लवले बागमति प्रदेशलाई ६८ रनले पराजित गर्दै बिजयी सुरुवात गर्यो। जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको बागमती ४२.३ ओभरमा २ सय १४ रनमा अल आउट भयो।

Hardik ivf

बागमतीका लागि आषुतोश घिरैयाले ९२ रनको योगदान दिएपनि जिताउन सकेनन्। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो। पुलिसको जितमा राशिद खानले १ सय ६ रनको अविजित शतकीय इनिङ खेलेका थिए।

त्यस्तै मुलपानी क्रिकेट मैदानमा कोशी प्रदेशलाई ७ विकेटले हराउँदै मधेश प्रदेशले बिजयी सुरुवात गर्यो। कोशीले दिएको १२८ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभर १ बालमा तीन विकेट गुमाउँदै पूरा गर्यो।  मधेश लागि अनिल कुमार शाहले ८८ रनको अर्धशतकीय पारी खेले। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोशीले ४१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १२७ रन बनाएको थियो।

त्यस्तै प्रतियोगीता अन्तर्गत शनिबार सिद्धार्थ रंगशाला भैरहवामा भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गर्यो। जितको लागि १ सय १२ रनको सामान्य लक्ष्य लुम्बिनीले २८.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। लुम्बिनीको जितमा मिर्नल गुरुङले ४७ रन बनाए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ३४.४ ओभरमा १ सय ११ रनमा अल आउट भयो।

पहिलो पटक राउण्ड रोविन लिग फर्म्याटमा सुरु प्रतियोगीतामा ७ प्रदेश र ३ विभागीय टिम सहभागी छन्। 

प्रकाशित मिति: १६:४६ बजे, शनिबार, पुस २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्