Kathmandu Press

रजनिकान्थले नयाँ राजनीतिक दल घोषणा गर्दै

चेन्नेइ, फागुन २८ : अभिनेता रजनिकान्तले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दलको घोषणा गर्न लागेका छन्। उनले बिहीबार नयाँ राजीतिक दलको घोषणा गर्ने जनाएको छ।....

रजनिकान्थले नयाँ राजनीतिक दल घोषणा गर्दै

चेन्नेइ, फागुन २८ : अभिनेता रजनिकान्तले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दलको घोषणा गर्न लागेका छन्। उनले बिहीबार नयाँ राजीतिक दलको घोषणा गर्ने जनाएको छ।

रजनि मक्कै मन्द्रम (आरएमएम)को ६ दिनसम्म चलेको बैठकपछि रजनिकान्त पार्टी घोषणा गर्ने भएका हुन्। उनले दल घोषणा कार्यक्रममा सहभागिताका लागि सञ्चारकर्मीलाई निमन्त्रणा गरेका छन्। बिहीबार बिहान ८ बजेका लागि निमन्त्रणा गरिएको जनाएको छ।

Hardik ivf

तमिल नाडुमा सन् २०२१ मेमा निर्वाचन हुँदै छ। त्यसकै तयारीका लागि उनी दल खोल्न लागेको जनाएको छ।

६९ वर्षीय अभिनेता रजनिकान्त लामो समयदेखि राजनीतिमा आउने चर्चा थियो। विभिन्न पार्टीले उनलाई ‘अफर’ पनि गरेका थिए। तर, उनी आफ्नै नेतृत्वमा दल खोल्ने निष्कर्षमा पुगेका हुन्।

दक्षिण भारतमा रजनिकान्तलाई भगवानजस्तै मान्ने गरिएको छ। उनका कयौं समर्थकले फोटो राखेर पूजा समेत गरेको समाचार आउने गरेका छन्।

प्रकाशित मिति: १२:५८ बजे, बुधबार, फागुन २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्