Kathmandu Press

विश्व वरियतामा प्रिन्स सातौं स्थानमा 

काठमाडौं, फागुन २८ : विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ)को वरियतामा नेपाली युवा खेलाडी प्रिन्स दाहालले ठूलो फड्को मारेका छन्। बीडब्लुएफको नयाँ वरियता....

विश्व वरियतामा प्रिन्स सातौं स्थानमा 

काठमाडौं, फागुन २८ : विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ)को वरियतामा नेपाली युवा खेलाडी प्रिन्स दाहालले ठूलो फड्को मारेका छन्। बीडब्लुएफको नयाँ वरियतामा प्रिन्सले ३ स्थान सुधार गर्दै गरेका छन्। अब उनी सातौं स्थानमा आइपुगेको छन्। यो नेपाली खेलाडीको अहिलेसम्मकै सबैभन्दा माथिल्लो वरियता हो।

अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका प्रिन्स एकसाता अघि १०औं स्थानमा थिए। केही दिनअघि जर्मनीमा भएको जुनियर इन्टरनेशनल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेपछि प्रिन्सले वरियतामा फड्को मारेका हुन्। जुनियर च्याम्पियनसिपमा प्रिन्स क्वार्टरफाइनलसम्म पुगेका थिए।

विश्व वरियतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन् भने भारतका मिराओ लुवाङ दोस्रो स्थानमा छन्। सिनियर वरियतामा प्रिन्स चार सय ४५औं स्थानमा छन्।

प्रकाशित मिति: १२:४४ बजे, बुधबार, फागुन २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्