Kathmandu Press

नीर शाहद्वारा कलाकार संघको संरक्षकबाट राजीनामा

काठमाडौं, फागुन २८ : कलाकार नीर शाहले नेपाल चलचित्र कलाकार संघको संरक्षकबाट राजीनामा दिएका छन्।

उनले कार्य व्यस्तताका कारण आफूले राजीनामा दि....

नीर शाहद्वारा कलाकार संघको संरक्षकबाट राजीनामा

काठमाडौं, फागुन २८ : कलाकार नीर शाहले नेपाल चलचित्र कलाकार संघको संरक्षकबाट राजीनामा दिएका छन्।

उनले कार्य व्यस्तताका कारण आफूले राजीनामा दिनु परेको जनाएका छन्। उनको राजीनामालाई संघले स्वीकृत गरेको जनाएको छ।

Hardik ivf

संघले विज्ञप्ति जारी गर्दै शाहलाई धन्यवाद दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चलचित्र कलाकार संघको स्थापना कालदेखि नै पुर्‍याउनु भएको क्रियाशीलता एवं योगदानको स्मरण गर्दै उहाँले आफ्नो कार्यकालमा दिनु भएको योगदानलाई हार्दिक धन्यवाद दिने पनि  निर्णय गरेको छ।’

त्यस्तै, संघले संरक्षण्कमा हरिवंश आचार्यलाई चयन गर्ने निर्णय गरेको छ। संरक्षकको पदावधि वर्तमानकार्य समितिको कार्यकालसम्म रहने संघका अध्यक्ष रवीन्द्र खड्काले बताए।

 

प्रकाशित मिति: १२:३६ बजे, बुधबार, फागुन २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्