Kathmandu Press

कोरोनाको कारण अमेरिकामा ३२ को मृत्यु, एक हजार संक्रमित

काठमाडौं, फागुन २८ : संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको कराण मृत्यु हुनेको संख्या ३२ पुगेको छ। भाइरस संक्रमितको संख्या आइतबारको तुलनामा दोब्ब....

कोरोनाको कारण अमेरिकामा ३२ को मृत्यु, एक हजार संक्रमित

काठमाडौं, फागुन २८ : संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको कराण मृत्यु हुनेको संख्या ३२ पुगेको छ। भाइरस संक्रमितको संख्या आइतबारको तुलनामा दोब्बर बढेर एक हजार पुगेको छ।

भाइरसबाट अमेरिकाको वासिंग्टन राज्य सबैभन्दा प्रभावित छ। यहाँ मात्रै दुई सय ७३ जनामा संक्रमण देखिएको छ भने २४ जनाको मृत्यु भइसकेको छ।

अमेरिकाकै क्यालिफोर्निया, वासिंग्टन र न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ।

प्रकाशित मिति: १२:०५ बजे, बुधबार, फागुन २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्