Kathmandu Press

सुपर कपको फाइनलमा बार्सिलोना, उपाधीका लागि रियल म्याड्रिडसँग भिड्ने

शुक्रबार बिहान साउदी अरेबियाको रियादमा भएको खेलमा  ओसासुनालाई २–० गोल अन्तरले हराउँदै बार्सिलोनाले फाइनलमा रियल मड्रिडसँगको भेट पक्का गरेको हो । 
सुपर कपको फाइनलमा बार्सिलोना, उपाधीका लागि रियल म्याड्रिडसँग भिड्ने

काठमाडौं, पुस २७ : बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान साउदी अरेबियाको रियादमा भएको खेलमा  ओसासुनालाई २–० गोल अन्तरले हराउँदै बार्सिलोनाले फाइनलमा रियल मड्रिडसँगको भेट पक्का गरेको हो । 

बार्सिलोनाका लागि रोबर्ट लोवान्डोस्की र लामाइन यमलले एक–एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५९औँ मिनेटमा लेवान्डोस्कीले बार्सिलोनाका लागि सुरुवाती गोल गरेका थिए ।

त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा यमलले गोल गर्दै बार्सिलोनालाई २–० गोलको जित दिलाए । सुपर कपको उपाधीका लागि बार्सिलोना र रियल मड्रिडबीचको भिडन्त आइतबार हुनेछ । 

प्रकाशित मिति: ०८:३८ बजे, शुक्रबार, पुस २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्