Kathmandu Press

राष्ट्रिय भलिबल प्रतियोगिता  : आर्मीलाई हराउँदै गण्डकी तेस्रो

आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो। यसअघि समूह चरणको खेलमा गण्डकी आर्मीसँग ३–० को सोझो सेटमा पराजित भएको  थियो।
राष्ट्रिय भलिबल प्रतियोगिता  : आर्मीलाई हराउँदै गण्डकी तेस्रो

सुर्खेत, पुस २६ : सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ।

आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो। यसअघि समूह चरणको खेलमा गण्डकी आर्मीसँग ३–० को सोझो सेटमा पराजित भएको  थियो।

पहिलो सेट गण्डकीले २५–२२ अंकले जित्यो। दोस्रो सेट रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो। उक्त सेटमा आर्मी २६–२४ अंकले विजयी भयो। तेस्रोमा गण्डकीले २६–२४ अंकले बाजी मार्यो।

२४–२४ अंकको बराबरी भएको अवस्थमा गण्डकीका स्पाइकर रवि केसीले लगातार दुई अंक दिलाएपछि जित सहज भयो। चौथो सेटमा गण्डकी पूर्णरूपमा आफ्नो नियन्त्रणमा राख्न सफल भयो। उक्त सेट गण्डकीले २५–२२ अंकले जित्यो। 

आजै उपाधिका लागि दुई विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ। एपिएफले गण्डकीलाई तथा पुलिसले आर्मीलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन्।

प्रकाशित मिति: १४:३५ बजे, बिहीबार, पुस २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्