Kathmandu Press

निलम्बनमा परे सन्दीप

बलात्कार मुद्दामा दोषी ठहर हुँदै ८ वर्ष जेल सजाय पाएपछि बिहीबार विज्ञप्ति निकाल्दै क्यानले सन्दीपलाई निलम्बन गरेको हो।
निलम्बनमा परे सन्दीप

काठमाडाैं, पुस २६ : नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। बलात्कार मुद्दामा दोषी ठहर हुँदै ८ वर्ष जेल सजाय पाएपछि बिहीबार विज्ञप्ति निकाल्दै क्यानले सन्दीपलाई निलम्बन गरेको हो।

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई अघिल्लो साता नै दोषी ठहर गरेको थियो। अदालतले बुधबार सन्दीपलाई ८ वर्ष जेल सजाय तोकेको थियो।

क्यानको निलम्बनसँगै सन्दीपले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने छैनन्।

‘राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गिरएको र सम्मानित अदालतके आदेश  अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं,’ क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

क्यानले निलम्बन गर्नुअघि नै सन्दीपले क्यानलाई पत्र लेख्दै आफू निर्दोष रहेको बताउँदै न्याय नपाउँदासम्म राष्ट्रिय टिमबाट अलग रहने घोषणा गरेका थिए। बुधबार साँझ नै सन्दीपले क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई पत्र लेखेका थिए।

सन्दीपले आर्थिक रुपम समेत आफू कमजोर अवस्थामा रहेको भन्दै आफ्नो भुक्तानी समेत गर्दिनका लागि क्यानसँग आग्रह गरेका थिए। साथै उनले पत्रमा क्रिकेट टिमले नेपाली क्रिकेट समर्थकको भावनालाई सम्मान गर्दै निरन्तर उत्कृष्ट नतिजा दिलाउने विश्वास समेत लिएका छन्।

जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गरे पनि उनले अब बाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने छन्।

प्रकाशित मिति: ११:११ बजे, बिहीबार, पुस २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्