कोपा इटालिया : एटलान्टासँग एसी मिलान पराजित
५७ औं मिनेटमा एसी मिलानका खेलाडीले फल गरेपछि भीआरएको मार्फत चेक गरेर एटलान्टाले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीलाई टियुन कोपमिनरले गोलमा परिणत गर्दै २–१ को पुनरागमन जित दिलाए ।काठमाडौं, पुस २६ : कोपा इटालियामा एसी मिलान पराजित भएको छ । बुधबार राति भएको क्वाटर फाइनल खेलमा एटलान्टसँग २–१ गोलको हार व्यहोरेपछि एसी मिलान प्रतियोगिताबाटै बाहिरिएको छ ।
पहिलो हाफको ४५ औं मिनेटमा एसी मिलानले अग्रता लिएको थियो । तर उक्त अग्रता जोगाउन असफल हुँदा प्रतियोगिताबाट बाहिर भयो । ४५ औं मिनेटमा राफेल लियोले थियो हर्नान्डेजको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, पहिलो हाफकै अतिरिक्त दोस्रो मिनेटमा टियुन कोपमिनरले इमिल होल्मको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
५७ औं मिनेटमा एसी मिलानका खेलाडीले फल गरेपछि भीआरएको मार्फत चेक गरेर एटलान्टाले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीलाई टियुन कोपमिनरले गोलमा परिणत गर्दै २–१ को पुनरागमन जित दिलाए ।
सेमिफाइनलमा अव एटलान्टाले फ्लोरेन्टिनासँग खेल्ने छ । यस्तै, अर्को क्वाटरफाइनल खेलमा लाजियोले रोमालाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
माटिया जाकाग्नीले ५१ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै लाजियोलाई सेमिफाइनल पु¥याउन पर्याप्त भयो । दोस्रो हाफको अतिरिक्त समयमा लाजियो १० तथा रोमा ९ खेलाडीमा सिमित भएका थिए ।