Kathmandu Press

सन्दीपलाई ८ वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति 

जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार उक्त फैसला सुनाएको हो।
सन्दीपलाई ८ वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति 

काठमाडौं, पुस २५ : जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा मुद्दा चलाइएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद र पीडितलाई पाँच लाख क्षतिपूर्ति भराउने सजाय निर्धारण गरेको छ। 

जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार उक्त फैसला सुनाएको हो। आदेशको पूर्ण पाठ आउन बाँकी छ।  

अदालतले लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर गरेको छ। 

जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछानेले थप कानुनी उपचारका लागि उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्। सन्दीपका कानुनव्यवसायी सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति: १६:५७ बजे, बुधबार, पुस २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्