Kathmandu Press

अमिताभको संकलनमा थपियो विन्टेज कार

मुम्बई, फागुन २७ : बलिउडा सुपरस्टार अमिताभ बच्चनको संकलनमा अर्को कार थपिएको छ। उनले सन् १९५० को दशकको विन्टेज कार संकलन गरेका छन्।

अमिताभ का....

अमिताभको संकलनमा थपियो विन्टेज कार

मुम्बई, फागुन २७ : बलिउडा सुपरस्टार अमिताभ बच्चनको संकलनमा अर्को कार थपिएको छ। उनले सन् १९५० को दशकको विन्टेज कार संकलन गरेका छन्।

अमिताभ कारका सौखिन हुन्। उनी विभिन्न प्रकारका कार संकलन गर्दै आएका छन्। यसै क्रममा विन्टेज कार संकलन गरेका हुन्।

Hardik ivf

उनले यसको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन्, ‘समयभन्दा पर।’

उनले थप लेखेका छन्, ‘यस्तो समय आउँछ, जब निःशब्द भइन्छ। अहिले मलाई यस्तै भएको छ। अभिव्यक्त गर्ने कोसस गरिरहेको छु, तर कुनै शब्द निस्किरहेका छैनन्। वितेको समयको कहानी, समयभन्दा परको एक भाव।’

यो कार सन् १९३८ देखि १९६१ को बीचमा भएको जनाएको छ। त्यतिवेला यो कार बेलायत, अस्ट्रेलिया, अमेरिका, न्यूजिल्यान्ड, अर्जेन्टिना र क्यानाडामा खुब चलेको थियो।

उनी यतिवेला काममा पनि व्यस्त छन्। अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’को सुटिङमा व्यस्त छन्, अमिताभ। यो फिल्ममा अमिताभसँगै रणवीर कपूर र आलिया भट्ट पनि रहेका छन्।

प्रकाशित मिति: १४:५५ बजे, मंगलबार, फागुन २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्