Kathmandu Press

पल्सर स्पोर्ट्स अवार्ड माघ १२ गते हुने

खेलकुद पत्रकार मञ्चले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औं संस्करण आगामी माघ १२ गते आयोजना हुने जनाएको हो। अवार्डमा ९ विधा नै समावेश गरिएको छ।
पल्सर स्पोर्ट्स अवार्ड माघ १२ गते हुने

काठमाडाैं, पुस २२ : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा पल्सर स्पोर्ट्स अवार्ड माघ १२ गते हुने भएको छ।

खेलकुद पत्रकार मञ्चले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औं संस्करण आगामी माघ १२ गते आयोजना हुने जनाएको हो। अवार्डमा ९ विधा नै समावेश गरिएको छ।

Hardik ivf

वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहने मञ्चले जनाएको छ। वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गर्ने आयोजकले जनाएको छ।

मनोनयन नहुने विधा लाइफटाइम स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिने बताइएको छ। पत्रकार सम्मेलनमा  अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलसँग प्रायोजक सम्झौता पनि गरेको छ।  

सम्झौताअनुसार हंशराज हुलासचन्द एन्ड कम्पनीले वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी ५ विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गर्नेछ। 

प्रकाशित मिति: १६:५९ बजे, आइतबार, पुस २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्