टाइगरको ‘बागी-३’ले चार दिनमा कमायो ६५ करोड
काठमाडौं, फागुन २७ : टाइगर श्राफको फिल्म ‘बागी–३’ चार दिनमा ६५ करोड भारतीय रुपैयाँ कमाएको छ।
शुक्रबार पहिलो दिन ‘बाग....

काठमाडौं, फागुन २७ : टाइगर श्राफको फिल्म ‘बागी–३’ चार दिनमा ६५ करोड भारतीय रुपैयाँ कमाएको छ।
शुक्रबार पहिलो दिन ‘बागी–३’ले १७ करोड ५० लाख भारतीय रुपैयाँ कमाएको थियो। राम्रो सुरुआत गरेको फिल्मले दोस्रो दिन झन बढाएको थियो।
सोमबार होलीको दिन मसते राम्रो कमाइ गरेको छ। बक्स अफिस इन्डियाका अनुसार, सोमबार साढे आठ करोड भारतीय रुपैयाँ कमाएको छ। मंगलबार यसको कमाइ अझै बढी हुने अनुमान गरिएको छ।
यो फिल्ममा टाइगरसँगै रितेश देशमुख र अंकिता लोखंडे प्रमुख भूमिकामा छन्। त्यस्तै, टाइगरका बुवा जैकी श्राफ पनि पहिलो पटक छोरासँगै यो फिल्ममा देखिएका छन्। यसलार्य अहमद खानले निर्देशन गरेका हुन्।
प्रकाशित मिति: १४:३५ बजे, मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












