Kathmandu Press

सुन तोलाको ८२ हजार ७ सय रुपैयाँ

काठमाडौं, फागुन २७ : सुनको मूल्य लगातार बढेको छ। मंगलबार सुनको मूल्य बढेर नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस....

सुन तोलाको ८२ हजार ७ सय रुपैयाँ

काठमाडौं, फागुन २७ : सुनको मूल्य लगातार बढेको छ। मंगलबार सुनको मूल्य बढेर नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावल सुन प्रतितोला ८२ हजार सात सय रुपैयाँ पुगेको छ। त्यस्तै, तेजाबी सुन मूल्य ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ। सोमबारको तुलनामा १० रुपैयाँ घटेको हो। आज चाँदी प्रतितोला आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा परेको असरले सुनको मूल्य बढेको जनाएको छ। त्यसको असर नेपालमा पनि परेको हो।

अहिले विहेको समय भएपनि ग्राहक भने न्यून रहेको महासंघले जनाएको छ। गत वर्ष यहि सयममा दैनिक ४० किलोग्रामसम्म बिक्री हुने गरेको थियो। अहिले भने दिनमा १० किलोग्रामको हाराहारीमा बिक्री भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: १२:०७ बजे, मंगलबार, फागुन २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्