Kathmandu Press

महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि विश्व निकेतनलाई

सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व निकेतन १२ स्वर्ण, २ रजत र २ कास्यसहित १६ वटा पदक प्राप्त गरेर प्रथम भएको हो। महानगरले विश्व निकेतनलाई ५० हजार नगदसहित पुरस्कृत गरेको छ।
महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि विश्व निकेतनलाई

काठमाडौं, पुस २० : काठमाडौं महानगरपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले जितेको छ।
 
सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व निकेतन १२ स्वर्ण, २ रजत र २ कास्यसहित १६ वटा पदक प्राप्त गरेर प्रथम भएको हो। महानगरले विश्व निकेतनलाई ५० हजार नगदसहित पुरस्कृत गरेको छ।

साथै ५ स्वर्ण, १३ रजत र ५ कास्यसहित २३ वटा पदक प्राप्त गरेर विजेश्वरी जान मन्दिर सैनिक महाविद्यालयले दोस्रो स्थान हासिल गरेको छ ।

६ स्वर्ण, ३ रजतसहित १२ वटा पदक प्राप्त गरेर पद्यमकन्या विध्याश्रम विद्यालयले तेस्रो स्थान हासिल गरेको छ। महानगरपालिकाकी उपप्रमुख सुनिता ढङ्गोलले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिन्। 

प्रकाशित मिति: १८:३४ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्