Kathmandu Press

कोरोनाले इटालीमा देश नै ‘लकडाउन’, ६ कराेड नागरिक घरभित्रै

काठमाडौं, फागुन २७ : कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलिएपछि इटालीलमा देशभर नै ‘लकडाउन’ गरिएको छ। त्यहाँका ६ करोड नागरिक घरभित्रै रहे....

कोरोनाले इटालीमा देश नै ‘लकडाउन’, ६ कराेड नागरिक घरभित्रै
एजेन्सी

काठमाडौं, फागुन २७ : कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलिएपछि इटालीलमा देशभर नै ‘लकडाउन’ गरिएको छ। त्यहाँका ६ करोड नागरिक घरभित्रै रहेका छन्।

मंगलबार ‘लकडाउन’को पहिलो दिन इटालीका शहर, बजार सुनासन रहेका छन्। सर्वसाधारणको आवतजावत बन्द भएको छ।

त्यस्तै, बार र रेस्टुरेन्टहरू बिहान ८ देखि साँझ ६ बजेसम्म मात्रै खोल्न पाइने भएको छ। त्यसमा पनि ग्राहकलाई एक मिटरको दूरीमा राख्नुपर्नेछ। पसलहरूमा पनि ग्राहकलाई एक मिटरको दूरीमा राखेर सरसामान खरिबिक्री गर्नुपर्नेछ।

देशभरका सिनेमा हल, नाटकघर र म्युजियम बन्द गरिएका छन्। स्कि रिसोर्ट पनि बन्द गरिएका छन्। स्कुल र विश्वविद्यालय अर्को महिनाको पहिलो सातासम्मका लागि बन्द गरिएका छन्।

यस्तै, खेलकुद प्रतियोगिता र कार्यक्रम पनि बन्द गरिएका छन्। सार्वजनिक कार्यक्रममा पनि रोक लगाएको छ। विवाह र अन्त्यष्टि पनि रोकिएका छन्। सरकारको निर्देशन विपरित गरेको पाइएमा तीन महिनासम्म जेल हुने जनाएको छ।

कोरोना भाइरसबाट इटालीमा चार सय ६३ जनाको मृत्यु भएको छ। नौ हजारभन्दा बढीमा संक्रमण देखिएको छ।

मंगलबार बिहानसम्म संसारभर कोरोना भाइरसको संक्रमणबाट चार हजार १८ जनाको मृत्यु भएको छ। जसमा तीन हजार एक सय ३६ जना चीनमा र आठ सय ८२ जना अन्य देशमा रहेका छन्।

चीनपछि सबैभन्दा बढी इटालीमा चार सय ६३ जनाको मृत्यु भएको छ। त्यस्तै, इरानमा दुई सय ३७, दक्षिण कोरियामा ५४, फ्रान्समा ३०, स्पेन २८, अमेरिकामा २६, जापानमा १६, इराकमा सात, बेलायतमा पाँच, हङकङ र अस्ट्रेलियामा तीन–तीन जनाको मृत्यु भएको छ।

यस्तै, जर्मनीमा दुई, फिलिपिन्स, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड, अर्जेन्टिना, इजिप्ट, ताइवान, थाइल्यान्ड र क्यानडामा एक–एक जनाको मृत्यु भएको छ।

अहिलेसम्म ९० देशमा एक लाख १३ हजार नौ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमा ८० हजार सात सय ५४ जना चीनमा रहेका छन्। चीन बाहिर ३२ हजार दुई सय ५५ जना संक्रमित रहेका छन्।

 

प्रकाशित मिति: ११:५५ बजे, मंगलबार, फागुन २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्