Kathmandu Press

काठमाडौंले बहिस्कार गरेपछि महेन्द्रनगर फाइनलमा

धनगढी, फागुन १० : दोस्रो क्वालिफायर खेल काठमाडौं गोल्डेन्सले बहिस्कार गरेपछि महेन्द्रनगर युनाइटेड डिपिएलको फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौं....

काठमाडौंले बहिस्कार गरेपछि महेन्द्रनगर फाइनलमा
डिपिएल

धनगढी, फागुन १० : दोस्रो क्वालिफायर खेल काठमाडौं गोल्डेन्सले बहिस्कार गरेपछि महेन्द्रनगर युनाइटेड डिपिएलको फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौंका खेलाडी अंकित दबासलाई अनाधिकृत बलिङमा डिपिएल आयोजकले कारवाही गरेको थियो । पक्षपात गरेर कारवाही गरिएको भन्दै काठमाडौं गोल्डेन्सले खेल बहिस्कार गरेको हो ।

खेल शुरु हुने निर्धारित समयमा काठमाडौंका खेलाडी मैदानमा नआएपछि महेन्द्रनगरले वाकओभर पाएको हो । यससँगै महेन्द्रनगर फाइनलमा प्रवेश गरेको छ ।

पहिलो क्वालिफायरमा सीवाईसी अत्तरियासँग पराजित भएपछि काठमाडौंले दोस्रो क्वालिफायर खेल्नु परेको थियो । अत्तरिया फाइनलमा प्रवेश गरिसकेको छ ।

बिहीबार भएको इलिमिनेटरमा विराटनगर किंग्सलाई पराजित गर्दै महेन्द्रनगर क्वालिफायरमा प्रवेश गरेको थियो ।

अब फाइनल खेल भोलि रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच हुने छ ।

याे पनि पढ्नुस्
खेलाडीलाई कारवाही गरेपछि काठमाडौंद्वारा खेल बहिस्कार

प्रकाशित मिति: १४:११ बजे, शुक्रबार, फागुन १०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्