Kathmandu Press

चिनियाँ राष्ट्रपति सी चिनफिङ वुहानमा 

काठमाडौं, फागुन २७  : चिनियाँ राष्ट्रपति सी चिनफिङ वुहान पुगेका छन्। कोरोना भाइरसको केन्द्रविन्दु मानिएको शहरमा कोरोना भाइरसका नयाँ संक्रमितको सं....

चिनियाँ राष्ट्रपति सी चिनफिङ वुहानमा 

काठमाडौं, फागुन २७  : चिनियाँ राष्ट्रपति सी चिनफिङ वुहान पुगेका छन्। कोरोना भाइरसको केन्द्रविन्दु मानिएको शहरमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या घट्दै गएपछि सीले वुहान भ्रमण गरेका हुन्। 

सोमबार चीनमा भाइरसबाट नयाँ संक्रमित व्यक्तिको संख्या १९ मात्र रहेको छ।

सीले वुहानमा भाइरस नियन्त्रण तथा रोकथामका लागि भइरहेको कामबारे जानकारी लिने चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्सडेल्लीले जनाएको छ। साथै वुहानका मेडिकल कर्मचारी, सार्वजनिक सुरक्षा अधिभकारी, स्वयंसेवक, बिरामी र स्थानीयसँग उनले भेट गर्नेछन् ।

चीनमा हालसम्म कोरोना भाइरसका कारण तीन हजार एक सय ३६ को मृत्यु भएको छ भने ८० हजार सात सय ५४ संक्रमित भएका छन्।

प्रकाशित मिति: ११:३७ बजे, मंगलबार, फागुन २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्