Kathmandu Press

ठेकेदार मनोज भेटवालद्वारा आत्मसमर्पण

काठमाडौं, फागुन २७ : निर्माण व्यवसायी मनोज भेटवालले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। एक महिना अघि पाटन उच्च अदालतले पक्राउ पूर्जि जारी गरेको थियो।

ठेकेदार मनोज भेटवालद्वारा आत्मसमर्पण
फाइल फाेटाे

काठमाडौं, फागुन २७ : निर्माण व्यवसायी मनोज भेटवालले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। एक महिना अघि पाटन उच्च अदालतले पक्राउ पूर्जि जारी गरेको थियो।

उनले मंगलबार बिहान महानगरीय प्रहरी परिसर टेकुमा आत्मसमर्पण गरेका हुन्। परिसरका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीका अनुसार, बिहान साढे ८ बजे उनी परिसरमा पुगेका हुन्।

उनीविरुद्ध बैंकिङ कसुर मुद्दा परेको थियो। त्यही मुद्दामा अदालतले पक्राउ पूर्जि जारी गरेको थियो। अब अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिने प्रहरी नायव उपरीक्षक बोगटीले बताए।

प्रकाशित मिति: ११:१४ बजे, मंगलबार, फागुन २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्