यू–१९ विश्वकप खेल्ने नेपाली क्रकेट टिमको विदाई
नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सचिव टङकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले विदाई गरे।काठमाडौं, पुस २० : यसै महिना दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ विश्वकप खेल्ने नेपाली क्रिकेट टिमको विदाई गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम गर्दै नेपाली टोलीको विदाई गरेको हो। नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सचिव टङकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले विदाई गरे।
क्यानले बिहीबार साँझ मात्र यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको थियो।
नेपाली टिमलाई विदाई गर्दै राष्ट्रिय खेलकुद परिषद्का सचिव टङकलाल घिसिङले अझैपनि नेपाली खेलाडीले प्राप्त गर्नुपर्ने सुविधा र खेलकुदमा लगानीको क्षेत्र व्यापक रुपले बढवा गर्नुपर्ने आवश्यक रहेको बताए।
उनले खेलाडीहरुले खेललाई जसरी माथि पु¥याएका छन् त्यसले सिङ्गो राज्यलाई, खेलकुद क्षेत्रलाई प्राथमिकता दिन ठूलो तागत मिलेको टिप्पणी गरे।
विश्वकपमा नेपाल पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्डसँगै समूह ‘डी’मा छ।
जनावरी २१ मा न्युजिल्यान्डसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्ने छ। नेपालले जनावरी २४मा पाकिस्तान र जनावरी २७ अफगानिस्तानसँग खेल्ने तालिका छ।
प्रतियोगिता अघि नेपालले जनावरी १३ मा स्कटल्यान्ड र जनावरी १६ मा वेस्टइन्डिजसँग वार्मअप खेल खेल्नेछ।
नेपाली टिम : देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसनकुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द।