Kathmandu Press

विश्वकपका लागि यू-१९ टिमको घोषणा, दुर्गेश गुप्ताको पुनरागमन

नेपालले पहिलो खेल २१ जनावरीमा न्युजिल्यान्डसँग खेल्नेछ। यस्तै २४ जनावरीमा पाकिस्तान र २७ जनावरीमा अफगानिस्तानसँग खेल हुनेछ।
विश्वकपका लागि यू-१९ टिमको घोषणा, दुर्गेश गुप्ताको पुनरागमन

काठमाडौं, पुस १९ : दक्षिण अफ्रिकामा यसै महिना हुने यू-१९ विश्वकप क्रिकेटका लागि नेपाली टिमको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले देव खनालको कप्तानीमा बिहीबार साँझ १५ सदस्यीय टिम घोषणा गरेको हो।

Hardik ivf

क्यानले अघिल्लो महिना भएको यू-१९ एसिया कप खेलेको टिममा १ परिवर्तन गरेको छ। फास्ट बलर दुर्गेश गुप्ताले टिममा पुनरागमन गरेका छन्। नेपाल विश्वकपमा छनोट हुँदा टिममा रहेका उनी यू-१९ एसिया कपमा भने टिममा थिएनन्।

अभ्यासका क्रममा घाइते भएका फास्ट बलर हेमन्त धामी घाइते भएपछि दुर्गेशले विश्वकप खेल्ने मौका पाएका हुन्। पुस १७ गते सिनियर टिमसँग खेलिएको अभ्यास खेलमा बलले बायाँ खुट्टामा लाग्दा हेमन्त घाइते भएका थिए ।

यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह डीमा छ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।

नेपालले पहिलो खेल २१ जनावरीमा न्युजिल्यान्डसँग खेल्नेछ। यस्तै २४ जनावरीमा पाकिस्तान र २७ जनावरीमा अफगानिस्तानसँग खेल हुनेछ।

त्यसअघि नेपालले १३ जनावरीमा स्कटल्याण्ड र १६ जनावरीमा वेस्ट इन्डिजसँग वाम अप खेल खेल्नेछ।

नेपाली टिम : देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, दुर्गेश गुप्ता, गुल्सन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।

प्रकाशित मिति: २२:०८ बजे, बिहीबार, पुस १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्