Kathmandu Press

क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक

क्यानले आज काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेलतालिका सार्वजनिक गरेको हो। 
क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं, पुस १९ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। क्यानले आज काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेलतालिका सार्वजनिक गरेको हो। 

नेपालले आइसिसी विश्वकप लिग दुई,  टी २० सिरिज, एकदिवसीयलगायतका  सिरिजलाई खेलतालिकामा समेटेको छ। नेपालले आगामी फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एकदिवसीय  सिरिज खेल्नेछ।

त्यस्तै नेपालले २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच  त्रिकोणात्मक टी २० सिरिज खेल्ने खेलतालिकामा उल्लेख छ। उक्त खेल नेपालमै हुनेछ। त्यस्तै  १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग पाँच  एकदिवसीय र तीन टी २० खेल खेल्ने छ।

यसैगरी  क्यानले आफ्नो खेलतालिकामा आगामी मङ्सिरमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्ने छ। क्यानका सचिव पारस खड्काले नेपालसँग कुनै देशले खेल्न चाहेमा त्यसलाई पनि खेलतालिकामा समावेश गरिने बताए।

प्रकाशित मिति: १५:०३ बजे, बिहीबार, पुस १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्